दफा ४०
सिट आरक्षण
चिकित्सा शिक्षा अध्ययनका लागि शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरुको परिवार, द्धन्द पीडित, महिला, दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समेतलाई आयोगले तोके बमोजिमको सिट आरक्षण गर्नेछ।